Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
चिकित्सक आन्दोलन सरकार

चिकित्सकको आन्दोलनमा सरकार कडाः वार्ता नहुने अडान

काठमाडौँ २७ चैत
tribeni2

आन्दोलनरत चिकित्सकसंग सरकारले वार्ता नगर्ने प्रष्ट पारेको छ । वार्ता नगरीकनै चिकित्सकका माग सम्बोधन गर्ने तयारी सरकारको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले बुधबार प्रधानमन्त्री र सचिवहरुबीच छलफल भएको भन्दै चिकित्सकका मागबारे पहिले नै जानकारी भएकाले वार्ता बिनै माग सम्बोधन गर्ने तयारी भएको जानकारी दिए ।

सरकारले चिकित्सकले आन्दोलन रोकेर सेवा सुरु गरे सरकार माग पुरा गर्न तयार रहेको प्रवक्ता श्रेष्ठले बताए । सरकारी चिकित्सक संघ गोदानले भने सरकारले वार्ताका लागी बोलाए आन्दोलन रोक्ने बताएको छ ।

नेपाल चिकित्सक संघले भोलि आकस्मिक भेला बोलाएको छ । वीर अस्पताल प्रशासनले प्रहरी प्रयोग गरेर सरकारी चिकित्सकहरुको आन्दोलनका कारण बन्द रहेको टिकट काउन्टर खुलाएपछि आक्रोशित बनेको संघले आकस्मिक भेला बोलाएको हो ।

प्रकाशित मिति: बुधबार, चैत २७, २०७५  २०:०४
प्रतिक्रिया दिनुहोस्