Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुममा स्कुलिङ चलाउदै माओवादी केन्द्र

tribeni2

रुकुम पश्चिम / नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले कार्यकर्ताहरुको लागि स्कुलिङ कार्यक्रम सन्चालन गर्ने भएको छ । साउन ७ गते देखि ११ गतेसम्म जिल्लामा स्कुलिङ कार्यक्रम सञ्चालन गर्न लागेको माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोकाले जानकारी दिनुभयो ।

संयोजक रोकाका अनुसार कार्यक्रममा पार्टीका वडा कमिटीका अध्यक्षहरु, पालिका समितीका अध्यक्ष र सचिवहरु, युवा मोर्चाबाट र विद्यार्थी मोर्चाबाट १२/१२ जना, महिलाबाट ६ जना र दलितबाट ६ जनाले सहभागिता जनाउने छन । यस्तै पार्टीका जिल्ला समन्वय समितीका सदस्यहरु, प्रदेश समितीका सदस्यहरु र जिल्लास्थित केन्द्रीय सदस्यहरुको पनि सहभागिता रहने छ ।

शहिद स्मृती सभाहल सेरिगाउँ हुन लागेको उक्त कार्यक्रममा प्रशिक्षणको लागि माक्र्सवादी ज्ञान केन्द्रको संयोजनमा काठमाडौँबाट ९ जनाको टिम आउने संयोजक रोकाले बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुको लागि बिहानको खाना र दिउँसोको नास्ता जिल्ला पार्टीले व्यवस्था गर्ने र बेलुकाको खाना र आवास सम्बन्धित पालिकाहरुले आफैले गर्नुपर्नेगरी पालिकाहरुलाई बिशेष परिपत्र गरिएको छ ।

कार्यक्रममा सहभागी हुनेले प्रतिव्यक्ति एक हजारका दरले प्रवेश शुल्क बुझाउनुपर्ने र स्टेशनरीको व्यवस्था आफैले गर्नुपर्ने, स्कुलिङको अन्तिम दिन परीक्षा बनाईने र मूल्यांकनको आधारमा प्रमाणपत्र उपलब्ध गराईने समेत माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ ।

 

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १७:०७
प्रतिक्रिया दिनुहोस्