Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दाङ–सल्यान सडक खण्ड सुचारु

tribeni2

दाङ / राप्ती राजमार्गको दाङ-सल्यान खण्ड आज मङ्गलवार दिउँसाेदेखि खुलेको छ । गए रातिदेखि उत्त सडक खण्ड बन्द रहेकाे  थियाे ।

राजमार्गको दाङ-सल्यान सडक खण्डकाे चोरखोला नजिकै पहिरो जाँदा बन्द भएकाे सडक दिउँसो १ बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

गए राति १० बजे खसेको पहिरो सडक विभाग र निर्माण कम्पनीको एक्स्काभेटरले पन्छाएपछि सडक सञ्चालनमा आएकाे हाे । सडक बन्द हुँदा रोकिएका गाडी पहिरो पन्छाएपछि गन्तव्यतर्फ लागेको छन् । 

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १७:०७
प्रतिक्रिया दिनुहोस्