Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रशासनमा दर्ता भएका भ्रष्टाचारजन्य सबै उजुरी फछ्र्यौट

tribeni2

रुकुम पश्चिम / जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले आर्थिक वर्ष ०७८/०७९ मा कार्यालयमा दर्ता भएका भ्रष्टाचारजन्य सबै उजुरीहरु फछ्र्यौट गरेको छ । कार्यालयमा दर्ता भएका सबै उजुरी तथा गुनासोहरु सम्बोधन गरिएको समेत प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले आर्थिक वर्ष ०७८/०७९ मा २५ वटा अनियमितता एवम् भ्रष्टाचारजन्य उजुरी दर्ता भएको र सबै उजुरी फछ्यौट गरेको जानकारी दिनुभयो । प्राप्त निवेदनहरुको अनुसन्धान, प्रहरी प्रतिवेदनको आधारमा प्रमुख जिल्ला अधिकारीलाई प्राप्त जिम्मेवारीको तर्फबाट फछ्यौट गरिएको हो ।

प्रशासन कार्यालयमा स्थानीय तहमा भएका भ्रष्टाचारजन्य गतिविधिका उजुरीहरु बढी मात्रामा दर्ता हुन आएका थिए । केहिलाई कारबाहि, केहिको थप अनुसन्धान सहित प्रारम्भिक प्रतिवेदन माथिल्लो निकायमा पठाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नागरिकता सम्बन्धी प्राप्त भएका पाँच वटा उजुरी मध्य चार वटा फछ्र्यौट गरिएको छ ।

उपभोक्ता हित विपरितका कार्यबारेमा परेका दुई वटा उजुरी र सार्वजनिक जग्गामा भएको अतिक्रमण सम्बन्धीको एक वटा उजुरी पनि फछ्र्यौट भएको बताईएको छ ।

कार्यालयमा दर्ता भएका ९३ वटा गुनासो तथा ठाडो उजुरी पनि फछ्यौट गरिएको छ । त्यसैगरी सार्वजनिक हित र नैतिकता विरुद्धको कसुरमा दर्ता भएका ५९ वटा, जुवा सम्बन्धी कसुरका दुई वटा, सवारी ज्यान क्षतिपूर्ति सम्बन्धीका पाँच वटा, हातहतियार खरखजना सम्बन्धी कसुरका ६ वटा र केहि सार्वजनिक अपराधका चार वटा मुद्धा फैसला गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १७:०७
प्रतिक्रिया दिनुहोस्