Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाँफिकोटमा कर्मचारी कुट्ने नेता पक्राउ

tribeni2

रुकुम पश्चिम / बुधबार बाँफिकोट गाउँपालिकाका एक कर्मचारी कुटिएका छन् । गाउँपालिकाका सब इन्जिनियर दिपक शाहलाई कार्यकक्षमै कुटपिट गरिएको बताईएको छ ।

शाहलाई नेपाल तरुण दल बाँफिकोटका अध्यक्ष राजु शाहीले कुटपिट गरेका हुन् । कार्यालय समयमा र कार्यकक्षमै कर्मचारीमाथी कुटपिट गर्ने शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरिक्षक विष्णुप्रसाद सोतीले शाहीलाई नियन्त्रणमा लिईएको बताउनुभयो । पक्राउ परेका शाहीलाई इलाका प्रहरी कार्यालय बाँफिकोटमै राखिएको छ । निरन्तरको बर्षा र बाटो अवरोधका कारण आज जिल्ला ल्याउन नसकिएकोले बाँफिकोटमै घटनाको छानबिन गरिने उहाँले जानकारी दिनुभयो ।

मोरावाङ–दोमई सडकको काममा आफू अनुकुल हुनेगरी मूल्यांकन नगरेको रिसमा शाहीले कर्मचारी माथी हातपात गरेको बताईएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  २०:०७
प्रतिक्रिया दिनुहोस्