Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम प्रशासनबाट एक वर्षमा ११ हजार बढी नागरिकता वितरण

६९ हजारको राष्ट्रिय परिचयपत्र विवरण दर्ता
tribeni2

रुकुम पश्चिम / जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले आर्थिक वर्ष ०७८/०७९ मा ११ हजार बढी नागरिकता वितरण गरेको छ ।

कार्यालयको नागरिकता शाखाका अनुसार सात हजार १४१ वटा नयाँ र चार हजार ३६० वटा प्रतिलिपी सहित ११ हजार ५०१ वटा नागरिकता जारी गरिएको छ । गत वर्ष चारजनाको नागरिकता रद्ध गरिएको छ भने १९३ जना नावालकको परिचयपत्र जारी गरिएको छ ।

त्यसैगरी प्रशासन कार्यालयले ६०६ जनालाई राहदानीको लागि सिफारिस गरेको जनाएको छ भने दुई हजार ७६५ जनालाई राहदानीको लागि द्रुत सिफारिस उपलब्ध गराईएको छ । यस वर्ष ५२२ जनाले जिल्लाबाट ई पासपोर्ट लिएका छन् ।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जिल्लामा गत वर्ष ६९ हजार २२४ जनाले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गरेको बताउनुभयो । प्रशासन कार्यालयबाट चार हजार ७४० जना पुरुष र एक हजार ८७५ जना महिलाको विवरण दर्ता गरिएको हो । त्यसैगरी विवरण दर्ता अभियान सञ्चालन गरेर ६२ हजार ६०९ जनाको राष्ट्रिय परिचयपत्र विवरण दर्ता गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १०:०७
प्रतिक्रिया दिनुहोस्