Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रहरी सहायक हवल्दार सरस्वती उत्कृष्ट प्रहरी घोषित

tribeni2

रुकुम पश्चिम / जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा कार्यरत प्रहरी सहायक हवल्दार सरस्वती कार्की उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा शाखामा कार्यरत कार्कीलाई असार महिनाको उत्कृष्ट प्रहरी (The Police of The Month) घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार कार्कीले महिला हिंसा, घरेलु हिंसा, बालबिबाह जस्ता सामाजिक विकृती र विसंगती न्युनीकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रममा उल्लेखनिय काम गरेकोले उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

यस्तै कार्यालयमा दैनिक आउने महिला बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी हिंसाजन्य विवादहरुको सहजिकरण लगनशील कर्तव्यनिष्ठ, अनुशासित भई त्रुटीरहित ढंगबाट प्रशंसनीय र उल्लेखनीय कार्य गरेको हुंदा प्रहरी नियमावली अनुसार कार्कीलाई नगद पुरस्कारद्धारा पुरस्कृत पनि गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्