सोसल मिडिया
गुल्मीमा जीप दुर्घटना हँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् मृत्यु हुनेमा धुर्कोट गाउँपालिका वडा नं ५ का ७२ बर्षिय रुद्रमणी भण्डारी र मालिका गाउँपालिका १ नेटाका ८ बर्षिय वस्कर बिक मालिका गाउँपालिका वडा नं २ की बर्ष ३६ की कौशीला थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । भण्डारी काँग्रेसका तर्फबाट पुर्व सांसद हुन् ।
लु १ ज १९५७ नं को जीप मालिका गाउँपालिका दर्लिङदेखी बुटवलका लागि छुटेको जिप मुसीकोट नगरपालिका १ चैनडाडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र बहादुर खड्काले जानकारी दिए । जीप सडकदेखी १०० मिटर तल खसेको छ ।