Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णालीबाट एक वर्षमा १ हजार ८८६ जनाले लिए पुनः श्रम स्वीकृति

tribeni2

आर्थिक वर्ष २०७८/०७९ मा कर्णालीबाट एक हजार ८८६ जनाले पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । ०७५ साल माघ महिनामा श्रम तथा रोजगार कार्यालय स्थापना भए यता कर्णालीबाटै पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या बर्सेनि बढ्दै गइरहेको हो ।

श्रम तथा रोजगार कार्यालयका अनुसार गत आर्थिक वर्षमा एक हजार ८४६ जना पुरुष र ४० महिलाले पुनः श्रम स्वीकृति लिएका छन् । श्रम तथा रोजगार कार्यालयका प्रमुख सुनिता दर्लामीका अनुसार कार्यालय स्थापना भएदेखि अहिलेसम्म ५ हजार ५१३ जनाले पुनः श्रम स्वीकृति लिएर विभिन्न मुलुकमा रोजगारीका लागि गएका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १२:०७
प्रतिक्रिया दिनुहोस्