Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

ट्राफिक प्रहरी कार्यालय सल्यानद्वारा करिव ५५ लाख राजस्व संकलन

tribeni2

सल्यान / ट्राफिक प्रहरी कार्यालय सल्यानले करिव ५५ लाख राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा ट्राफिक नियम उल्लंघन गरेर सवारी साधन चलाएकाहरुबाट वर्षभरिमा ५४ लाख ८६ हजार राजश्व संकलन भएको ट्राफिक कार्यालय सल्यानले बताएको छ ।

६ हजार १ सय ६३ यातायातका सवारी साधन कारवाही पर्दा ५४ लाख बढी राजस्व संकलन गरिएको ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी सहायक निरीक्षक लक्षमण विश्वकर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबैभन्दा बढी २ हजार ८ सय २७ मोटरसाईकललाई कारवाही गर्दा २४ लाख ८५ हजार, ७ सय ९३ बसलाई कारवाही गर्दा ७ लाख १९ हजार ५ सय र १ हजार ६६ जीप तथा कारलाई कारवाही गर्दा ९ लाख ५२ हजार ५ सय राजस्व उठेको छ ।

यस्तै ७ सय ७५ ट्रकलाई कारवाही गर्दा ६ लाख ७६ हजार, ३ सय ६३ टेक्टरलाई कारवाही गर्दा ३ लाख ३८ हजार र ५ सय टेम्पु सहित अन्य ३६० सवारी साधन कारवाहीमा पर्दा ३ लाख १७ हजार ५ सय गरी जम्मा ५४ लाख ८६ हजार राजस्व उठेको ट्राफिक प्रमुख विश्वकर्माले बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १३:०७
प्रतिक्रिया दिनुहोस्