Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कमलदहमा डुबेर एक पुरुषको मृत्यु

२०७९ साउन ७
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा रहेको कमलदहमा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ चोकबजारका ४५ वर्षिय गोपाल बि क को मृत्यु भएको हो ।

आज शनिबार दिउँसो १२ बजे दहमा पौडी खेल्न गएका विकको कमल फुल टिप्ने बेला डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरिक्षक (डिएसपि) प्रकाश डाँगीले जानकारी दिनुभयो ।

विक दहमा डुबेको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थलमा पुगेर उनको उद्धार गरेको थियो । विकलाई जिल्ला अस्पताल पुय्राए लगत्तै अस्पतालले मृत घोषणा गरेको डिएसपि डाँगीले बताउनु भयो ।

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  १४:०७
प्रतिक्रिया दिनुहोस्