Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण सुरु

tribeni2

रुकुम पश्चिम /  चौरजहारी नगरपालिकाले सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण सुरु गरेको छ । नगरपालिकाले दिने गरेको सार्वजनिक सेवा प्रवाहको अवस्थाको बारेमा जानकारी लिने उद्देश्यले सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण सुरु गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले बताउनुभयो ।

उहाँका अनुसार यस कार्यबाट सेवाग्राहीमैत्री कार्यसम्पादनमा सहयोग पुग्ने विश्वास लिइएको छ । आर्थिक वर्षको सुरुवातसँगै नगरपालिकाले सेवाग्राहीको सन्तुष्टि मापन गर्न थालेको हो ।

सर्वेक्षण फाराममा सेवा प्राप्त गर्दाको सहजीकरण शैली, सेवाका लागि लागेको समय, कर्मचारीले गरेको व्यवहारको जवाफ लिने गरिएको नगरप्रमुख पुष्प बादीले बताउनुभयो ।

त्यसैगरी सेवा प्रवाहमा कर्मचारीले दिने आवश्यक सूचनाको स्पष्टता, सेवा प्रक्रिया र समग्रमा सेवा कस्तो रह्यो भन्ने विषयमा पनि सुझाव लिने गरिएको छ । कार्यालयको सेवा प्रवाह थप सुधारका लागि मौलिक सुझाव पनि दिन सकिने व्यवस्था छ । सेवाग्राहीको सन्तुष्टि मापनबाट पृष्ठपोषणसहित सेवा प्रवाहमा सुधार हुने अपेक्षा गरिएको नगरप्रमुख बादीले बताउनुभयो ।

उहाँका अनुसार सर्वेक्षणले सेवा प्रवाहको स्तर मापन गर्नेछ र सेवाग्राहीको सुझावलाई कार्यसम्पादनको मार्गदर्शन बनाइने छ ।
सेवाग्राही सन्तुष्टि सर्वेक्षण गर्ने कार्यले सुशासनको प्रत्याभूतिमा समेत सघाउ पुग्ने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्