Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यानमा अरिङगालको टोकाईबाट एक युवकको मृत्यु

tribeni2

सल्यान / सल्यानमा अरिङगालको टोकाईबाट एक युवकको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका १ दारिमचौरका २६ बर्षिय कृष्ण थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

शनिबार आँपको रुखमा चढेको बेला उनलाइ अरिङ्गाले टोकेको थियो।

अरिङ्गालले टोकेर घाइते भएका थापालाइ श्रीनगर स्थित कर्णाली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारकोलागि नेपालगन्ज लग्ने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख सुमित खड्काले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्