नेभिगेशन
पर्यटन

तकसेराको सुन्दरता (फोटो फिचर)

रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ११ मा अवस्थित एक सुन्दर बस्ती हो तकसेरा । तकसेरा तक र सेरा मिलेर बनेको छ । यहाँ १० र ११ नम्बर वडा पर्दछन । 

साबिकको ६ वटा गाँउ तक, बाछिगाँउ, तल्लो सेरा, उपल्लो सेरा, गुबिलबाङ र धम्चइको सुन्दर संयोजन  तकसेरालाई प्राकृतिक रुपमा जति नियाल्यो त्यति नियाल्न मन लाग्छ । सानासाना घर, एक घरको आडमाथी अर्काे घर थोपरिएर बनेको यो बस्ती अनि यहाँका मानिसहरुको दैनिकी । जुन अवसर र अनुभूतिले मन प्रफुल्ल बनाउछ ।

भुगोल र प्रकृतिका आधारमा नमुना नै मानिने तकसेरा मान्छेहरुको मन बिसाउने चौतारी बनेको छ । यो ठाउँलाई फोटो र भिडियोबाट मात्रै वर्णन गर्न सकिदैन त्यसैले प्रत्यक्ष अनुभुति गर्नको लागी तकसेराले तपाइहरुलाई कुरिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन

सिम्रुतुमा महोत्सव सुरु