Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पुथामा अध्यक्ष, उपाध्यक्ष स्वास्थ्य कार्यक्रम शुभारम्भ

२०७९ साउन ९
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाले अध्यक्ष, उपााध्यक्ष स्वास्थ्य कार्यक्रम शुभारम्भ गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० देखि संचालन गर्न थालेको सहिद स्मृति स्वास्थ्य कार्यक्रम अन्तर्गत कार्यान्वयन गर्नेगरी अध्यक्ष तथा उपाध्यक्ष स्वास्थ्य कार्यक्रमको शुभारम्भ गरेको हो ।

सोमबार गाउँपालिकामा एक कार्यक्रम आयोजना गरेर उक्त कार्यक्रमको शुभारम्भ गरिएको गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाले जानकारी दिनुभयो । गाउँपालिकाले अध्यक्ष र उपाध्यक्ष स्वास्थ्य कार्यक्रम अन्तर्गत छुट्टाछुट्टै विभिन्न स्वास्थ्य कार्यक्रम तय गरेको छ ।

आज शुभारम्भ गरिएको गाउँपालिका अध्यक्ष स्वास्थ्य कार्यक्रम अन्तर्गत घरैमा स्वास्थ्यकर्मी कार्यक्रम, निशुल्क स्वास्थ्य बीमा र टेलिमेडिसिन सेवा तथा एक क्लष्टर एक डाक्टर कार्यक्रम रहेको उपाध्यक्ष बुढाले बताउनुभयो ।

त्यसैगरी गाउँपालिका उपाध्यक्ष स्वास्थ्य कार्यक्रम अन्तर्गत गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम, निशुल्क एम्बुलेन्स सेवा, चेलीसँग उपाध्यक्ष कार्यक्रम र गर्भवती महिला तथा स्वास्थ्य सस्थामा जन्मेका छोरीहरुलाई निशुल्क बीमा कार्यक्रमको आज औपचारिक शुभारम्भ गरिएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष पुनिराज घर्तिले पुथा उत्तरगंगा गाउँवासीहरुलाई स्वास्थ्य सेवा सहज, पहुँचयोग्य र प्रभावकारी बनाउन यस्तो कार्यक्रम तय गरिएको बताउनुभयो । भौगोलिक विकटताको कारण समयमै प्रभावकारी उपचार पाउन नसकेका यहाँका जनतालाई यस कार्यक्रमले लाभ दिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

शुभारम्भ गरिएकाे कार्यक्रमको बारेमा गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालालाई आजै अभिमुखिकरण समेत गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्