Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भोली एसईईको नतिजा सार्वजनिक हुदैं, यसरी हेर्न सकिन्छ

tribeni2

गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले भन्नुभयो, “सकभर त्रुटि कम होस् भन्ने चाहेका छौँ । त्यसमा व्यस्त भएकाले साउन ११ गतेमात्र नतिजा सार्वजनिक गर्ने भएका हौँ ।”

विद्यार्थी, परीक्षा केन्द्र, शिक्षक, उत्तरपुस्तिका परीक्षक, सम्परीक्षकलगायतका कारणले परीक्षामा त्रुटिको अवस्था रहन्छ । नतिजामा त्रुटि हुँदा मुख्य गरी परीक्षार्थीले दुःख झेल्नुपर्ने अवस्था सिर्जना हुने गरेको छ ।

त्रुटि केलाउन परीक्षा नियन्त्रण कार्यालयले आफ्ना बाहेकका अन्य कार्यालयका शिक्षा सेवाका कर्मचारीलाई पनि परिचालन गरेको छ । कोभिड–१९ को दोस्रो लहरका कारण पठनपाठन समयमा सञ्चालन हुन नसक्दा गत वर्षको एसईई गएको वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको थियो ।

परीक्षामा सहभागी हुन करिब पाँच लाख १५ हजारले आवेदन दिएकोमा चार लाख ९५ हजार परीक्षामा सहभागी भएका थिए । परीक्षा सकिएको लगत्तै पनिकाका कर्मचारी स्थानीय तह निर्वाचनमा खटिएकाले गत जेठ ३ गतेबाट उत्तरपुस्तिका परीक्षणसम्बन्धी काम अगाडि बढेको थियो । परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने नियम छ ।

साउन २० गते परीक्षा सकिएको तीन महिना पुग्दैछ । परीक्षा नियन्त्रक रायमाझीले नतिजा सार्वजनिक भएको एक महिनाभित्र ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिने जानकारी दिनुभयो ।

कोभिडका कारण २०७६ र २०७७ सालको एसईई सञ्चालन हुन सकेन । विद्यालयले गरेको मूल्याङ्कनलाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरेर प्रमाणपत्र जारी गरिएको थियो ।

एसएमएसबाटबाट नतिजा थाहा पाउनका लागि प्रयोग हुने सर्टकोडहरू ३५००१, ३४९४९, ३१००३ र १६०० छन् । यसैगरी, वेब साइडहरु

www.see.gov.np

www.neb.gov.np

www.khalti.com

www.neemaacademy.com

www.ekantipur.com

www.theconnectplus.com

www.see.edusanjal.com

www.see.ntc.net.np

www.admissionnepal.com

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्