Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

टिकटक बनाउने क्रममा चिप्लिएर कुपिण्डे तालमा एक युवा बेपत्ता

tribeni2

सल्यान / सल्यानको कुपिण्डे तालमा एक जना युवा बेपत्ता भएका छन् । मंगलबार दिउँसाे बनगाड कुपिण्डे नगरपालिका ८ बाबियाचौरस्थित कुपिण्डे तालमा सल्यानको कपुरकोट गाउँपालिका ६ सिनवाङ घर भई हाल दाङ तुलसीपुर उपमहानगरपालिका ६ बस्ने अन्दाजी ३६ बर्षका बेद बहादुर बस्नेत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी नायब उपरिक्षक सुमित खड्काका अनुसार बस्नेत टिकटक बनाउने क्रममा चिप्लिएर लडेर कुपिण्डे तालमा बेपत्ता भएका हुन् । उनी धादिङ जिल्लाको खानिबास गाउापालिका ३ का ३२ बर्षिय साथी मुलबहादुर तामाङसँग कुपिण्डे दह घुम्न आएका थिए ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक सन्तोष खनालको नेतृत्वमा प्रहरी टोली खटाएर खोज कार्य भईरहेको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १५:०७
प्रतिक्रिया दिनुहोस्