Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

लुम्बिनी प्रदेशमै पहिलो पटक रुकुम पूर्वको सिस्नेमा पूर्वाधार एम्बुलेन्स सेवा सञ्चालन

विपद प्रभावित क्षेत्रका नागरिकले पुर्वाधार टोलिलाई सम्पर्क गर्न आग्रह
२०७९ साउन १०
tribeni2

रुकुमपूर्व / रुकुमपूर्वको सिस्ने गाउँपालिकाले लुम्बिनी प्रदेशमै पशिलो पटक पूर्वाधार एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले बर्षाको समयमा हुने विपत्तीको प्रतिकार गर्ने उद्धेश्यले पूर्वाधार एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।

सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले गत साताबाट सुरु गरिएको पूर्वाधार एम्बुलेन्स सेवामार्फत कामकाज पनि सुरु भइसकेको बताउनुभयो । बर्षातको समयमा आउने विपद र विभिन्न समस्याहरुलाई मध्यनजर गर्दै गाउँपालिकाले पुर्वाधार एम्बुलेन्स सेवा संचालनमा ल्याईएको अध्यक्ष रेग्मीले उल्लेख गर्नुभयो ।

उहाँले विपद प्रभावित क्षेत्रका नागरिकले पुर्वाधार टोलिलाई सम्पर्क गर्न अनुरोध गर्नुभयो । सार्वजनिक महत्वका स्थानलाई पहिलो र अन्यलाई दोस्रोमा राखेर विपद प्रतिकार्यमा लाग्न अध्यक्ष रेग्मीले निर्देशन दिएको बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेका अनुसार उक्त सेवाको लागि ६ जनाको टोली परिचालन गरिएको छ । एक जना प्राविधिक सहित ट्याक्टर र जेसीबीका एक–एक जना चालक र अन्य तीन जना श्रमिक विपद व्यवस्थापनका लागि खटाइएको छ । यो टोलिले विशेष गरि गाउँपालिका भित्रका विभिन्न ठाउँमा जाने बाढि र पहिरोको अल्पकालीन व्यवस्थापनको काम गर्नेछ ।

यस्तै उद्धार, क्षतिको विवरण संकलन र सडक पुगेको ठाउँमा यातायात अवरुद्ध भए सुचारु गर्ने काम पनि गर्ने भएको छ । साउन र भदौ दुई महिनाको लागि यो सेवा सुचारु गरिएको उपाध्यक्ष रेउलेले बताउनुभयो । सेवा प्रभावकारी भएमा थप गरिने समेत उहाँले उल्लेख गर्नुभयो ।

सिस्ने गाउँपालिका भित्रका आठ वटा वडा मध्य ३, ४, ५, ६, ७ र ८ नम्बर वडा पहिरो उच्च जोखिममा रहेका छन । 

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्