Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबीसकोटका ३९ घर पहिरोको जोखिममा, सर्वसाधारणहरु घर छोडेर आफन्तको शरणमा

पानी घट्ट, घुम्ती पसल र शौचालय पहिराेले पुरिए
tribeni2

रुकुम पश्चिम / लगातारको बर्षाकाे कारण रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ७ र ८ नम्बरका ३९ घर पहिरोको उच्च जोखिममा रहेका छन् । वडा नम्वर ७ गाराका ३५ घर र वडा नम्वर ८ स्यालाका चार घर पहिरोको उच्च जोखिममा रहेका हुन् ।

वडा नम्वर ७ का वडा अध्यक्ष अमृत बुढाका अनुसार मंगलबार दिनभर पहिरोलाई हटाउनर र थप क्षति हुन नदिन प्रयास भईरहेको छ । गाउँका ३९ वटै घर खाली गरिएको समेत उहाँले जानकारी दिनुभयो । सर्वसाधारण, पशुचौपाया र अन्नपात जाेगाएर आफन्तको घरमा बस्ने व्यवस्था मिलाईएको वडा अध्यक्ष बुढाले जानकारी दिनुभयो ।

मंगलबार बिहानबाट आउन थालेको पहिरो नरोकिएपछि नेपाल प्रहरीको सहयोगमा जेसिबी सहितका मेसिन प्रयोग गरेर पहिरो पन्छाइएको उहाँले जानकारी दिनुभयो ।

वडा अध्यक्ष बुढाले राडिज्युला - दाँजे - खदि - वारिंगे सडकखण्डबाट निस्केको माटो र ढुंगाको कारण राडिज्युला - गारा - सिम्तारा बस्तीको सिचाई नहर भत्किएकोले गाउँमा पहिरो आएको हो । पहिरोको कारण वडामा रहेका चार वटा पानी घट्ट र बाटोमा रहेका घुम्ती पसल परिएको उहाँले जानकारी दिनुभयो । कतिपय घरका शौचालयहरु समेत पुरिएको बताईएको छ । क्षतिको पूर्ण विवरण भने संकलन हुन नसकेको उहाँले बताउनुभयो ।

पहिरोले वडा नम्वर ७ को गारामा लगाइएको धान, मकै खेती र वडा नम्बर ८ को स्यालामा मकै बारी समेत बगाएको छ । सोमबार साझदेखि निरन्तर परेको पानीले मकै लगाएको बारी सहित वडा नम्वर ८ स्यालाका चार वटा घर पनि पहिरोको उच्च जोखिममा परेका छन् ।

नगर प्रमुख रबि केसीले वडा नम्बर ८ स्यालामा नाउलापानीको मुहान फुटेर मकै बालिमा पुर्ण रुपमा क्षती भएको जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय खड्क बुढा, महेन्द्रकुमार बोहरा, भिमबहादुर बुढा र प्रबिर बुढाको मकै बारीमा पुर्ण रुपले क्षती भएको छ । त्यस्तै खड्क बुढा, महेन्द्रकुमार बोहरा, भिमबहादुर बुढा र हरिबहादुर बुढाको घर पहिरोको उच्च जोखिममा रहेका छन् ।

रातीमा पहिरो आउन सक्ने सम्भावना भएकोले पहिरो पन्छाउनको लागि जेसिबी मेसिन तयारी अवस्थामा राखेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १८:०७
प्रतिक्रिया दिनुहोस्