Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

शान्ति प्रक्रियापछि रुकुममा पहिलो पटक 'मार्क्सवादी स्कुलिङ', माओवादी कार्यकर्तामा उर्जा

tribeni2

रुकुम पश्चिम / नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले 'आधारभुत मार्क्सवादी स्कुलिङ' कार्यक्रम बुधबार सम्पन्न गरेको छ । गत साउन ७ गते देखि मुसिकोट नगरपालिका ५ स्थित सहिद स्मृति सभाहलमा चलेको स्कुलिङ कार्यक्रमले कार्यकर्तामा नयाँ उर्जा पैदा गरेको बताईएको छ ।

माओवादी केन्द्र रुकुम पश्चिमका संयोजक गोविन्द रोकाले पार्टी शान्ति प्रक्रियामा प्रवेश गरेपछि रुकुममा पहिलो पटक जिल्ला स्तरीय पाँच दिने आधारभूत मार्क्सवादी स्कुलिङ कार्यक्रम भव्य एवं शानदार ढंगले सम्पन्न गरेको बताउनुभयो । उहाँले कार्यक्रममा १४६ जना जिल्लाका अगुवा नेता तथा कार्यकर्ता सहभागि भएको जानकारी दिनुभयो । उहाँका अनुसार स्कुलिङ कार्यक्रममा ३६ पिरियड कक्षा संचालन भएका थिए ।

स्कुलिङ कार्यक्रममा दर्शन शास्त्र, राजनीतिक अर्थशास्त्र, बैज्ञानिक समाजवाद, विश्व कम्युनिष्टको उदय, नेपालको कम्युनिष्ट आन्दोलन, विज्ञान प्रविधि, रूकुमको विकाश मोडेल, मिडियाको महत्व, रूकुमको कम्युनिष्ट आन्दोलन लगायतका बिषयमा सहजिकरण गरिएको थियो ।

माक्र्सवादी ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिना, सल्लाहकार मणिरत्न श्रेष्ठ, नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य महेश्वर फुँयाल, माक्र्सवादी ज्ञान केन्द्रका महासचिव इन्द्रराज भट्टराई, सचिव हुमनाथ न्यौपाने, प्राध्यापक एवं माक्र्सवादी ज्ञान केन्द्रका सल्लाहकार प्रा.डा. शोभाकान्त लामिछाने, उपप्रध्यापक राधिका ओझा, माक्र्सवादी ज्ञान केन्द्रका सदस्य रेशमकुमार अधिकारी र माक्र्सवादी ज्ञान केन्द्र प्रशिक्षण विभागका हेमनाथ पौडेलले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।

कार्यकर्तामा उर्जा पैदा

कार्यक्रममा सहभागी अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य समकृती पुनले सबै सहभागीहरुमा नयाँ उर्जा र उत्साह पैदा भएको बताउनुभयो । उहाँले स्कुलिङ कार्यक्रमले पार्टीको सिद्धान्त, विचार, कार्यदिशा, कार्यशैली बारेमा नजिकबाट प्रष्ट हुन सहयोग गरेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्र मुसिकोट नगरपालिका ४ का अध्यक्ष कमला पुनले माक्र्सवादी दृष्टिकोण र नेपाली समाजका बारे थप जान्ने, बुझ्ने, अनुभुति गर्ने अवसर प्राप्त भएको बताउनुभयो । कार्यक्रम असाध्यै महत्वपूर्ण र सान्दर्भिक रहेको उहाँको प्रतिक्रिया रहेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  १०:०७
प्रतिक्रिया दिनुहोस्