Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटबाट एक बालक बेपत्ता

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको जिल्ला सदरमुकामबाटै एक बालक ६ दिनदेखि हराएका छन । जिल्लाको मु्ुसिकोट नगरपालिका वडा नम्बर ३ निवासी १५ वर्षिय बिज्ञान बिष्ट गएको शनिबार देखि हराएका हुन ।

मुसिकोट ३ पिपलनेटा स्थित आफ्नै घरबाट साबुन किन्न भनेर बजार निक्लेका विज्ञान ६ दिनदेखि सम्पर्कमा नआएको विज्ञानका बुवा रुपलाल विष्टले जानकारी दिनुभयो ।

विष्ट त्रिभुवन जनता माद्यामिक विद्यालय खलंगामा कक्षा ९ मा अध्ययनरत छन । विज्ञानलाई सवै तिर खोजी गर्दा पनि कहिकतै फेला नपारिएको निजका बुवा रुपलालले बताउनुभयो ।

विज्ञानलाई कहि कतै कसैले भेटेमा वा केहि जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा वा निजका वुवा रुपलालको नम्बर ९८६९९८३१७८ मा खवर गरिदिन परिवारले आग्रह गरेको छ।

प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  १२:०७
प्रतिक्रिया दिनुहोस्