Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वबाट एम्बुलेन्सको भाडादर नयाँ कायम

२०७९ साउन १३
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा जिल्ला भित्र र बाहिरको लागि चल्ने एम्बुलेन्स सेवाको भाडादरमा हेरफेर गरिएको छ । जिल्लामा सरकारी, गैरसरकारी र निजी संस्थाहरुबाट सञ्चालनमा रहेका एम्बुलेन्सलेको भाडादर नयाँ कायम गरिएको हो ।

कतिपय सेवाप्रदायकले बिरामीहरुबाट मनपरी रुपमा भाडा उठाउने गरेको जनगुनासोको आएपछि भाडादरमा एकरुपता ल्याउन बैठक बसी भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नयाँ भाडादरमा रुकुमकोटबाट पुथाउत्तरगंगा गाउँपालिका कोल र तकसेराको लागि ६ हजार, जामाबगरको लागि ८ हजार ५००, हुकामको लागि १० हजार, त्रिवेणीको लागि सात हजार, दमचनको लागि ६ हजार ५०० भाडादर निर्धारण गरिएको छ । त्यसैगरी राङ्सीको लागि सात हजार, नाखाको लागि सात हजार ५००, भूमे गाउँपालिका काँक्रिको लागि चार हजार, पातीहाल्ना पञ्चासेको लागि तीन हजार ५००, लुकुम, मोराबाङ, झुम्लाबाङ, क्याङ्सी, गाबाङ, महत, कुचिबाङको लागि दुई हजार ५०० भाडा निर्धारण गरिएको छ ।

यसैगरी काँक्रि खाबाङ, काडाँ, सेराबाङ, डालिबाङ, सिमा, सिस्नेरी, पाङ्गा, अमलाचौरको लागि एम्बुलेन्सको भाडा दुई हजार निर्धारण गरिएको छ । यस्तै मोराबाङ हेल्थपोष्टसम्म एक हजार ५००, धरमशाला, मौवाडाँडा, देउखोला, दादीङसम्म तीन हजार, गुनाम, रिसालचौर, कोर्जा, सिमखोलासम्म चार हजार, चुनबाङ गैरीगाउँसम्म पाँच हजार, सिमचौरसम्म ६ हजार, थबाङसम्म तीन हजार, थबाङ हुँदै घोराहीसम्म १५ हजार, बालुवा ह्याप्ला औलाबाङ र झिङ्ग्रीसम्म एक हजार तथा सिस्ने ५ र ६ नम्बर वडाभित्र ५०० एम्बुलेन्सको भाडादर तोकिएको छ ।

यस्तै रुकुम पश्चिमको सल्लेसम्म पाँच हजार, चौरजहारी, श्रीनगर सल्यान खलङगासम्म १२ हजार, तुलसीपुर १५ हजार, घोराही १६ हजार, कोहलपुर १९ हजार र नेपालगञ्जको लागि २० हजार भाडा निर्धारण गरिएको छ । यसैगरी बुटवलसम्मको लागि २२ हजार, भैरहवा २३ हजार, चितवन २८ हजार, दाङ हुँदै काठमाडौं २८ हजार, वुर्तीबाङ सात हजार ५००, बागलुङ १५ हजार, पोखरा २२ हजार, बागलुङ हुँदै काठमाडौं २८ हजार, बागलुङ पोखरा हुँदै चितवनको लागि २५ हजार एम्बुलेन्सको भाडा निर्धारण गरिएको छ ।

यसैगरी बुर्तीबाङ हुँदै वुटवलको लागि १८ हजार, बुर्तीबाङ हुँदै पाल्पा १५ हजार र चुनबाङ हुँदै घोराहीको लागि १५ हजार भाडा निर्धारण गरिएको छ । यो निर्णय आज शुक्रबार देखि नै लागु गरिने जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १०:०७
प्रतिक्रिया दिनुहोस्