Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

द्वन्द्व र जनआन्दोलनका कारण विस्थापित शिक्षकको पुनर्नियुक्ति

tribeni2

दैलेख /  दैलेखमा सशस्त्र द्वन्द्व र जनआन्दोलनका कारण शिक्षण पेसाबाट विस्थापित भएका १४ जना शिक्षकलाई पुनः नियुक्ति दिइएको छ ।

स वर्षे सशस्त्र द्वन्द्व र जनआन्दोलनका बेला हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनर्बहाली र क्षतिपूर्ति दिने नेपाल सरकारको निर्णयअनुसार शिक्षकलाई पुनः नियुक्ति दिइएको हो ।

जिल्ला शिक्षा तथा समन्वय एकाइ दैलेखका एकाइ प्रमुख तेजबहादुर थापाका अनुसार शिक्षक तथा मानव स्रोत विकास केन्द्रको परिपत्रअनुसार सशस्त्र द्वन्द्व तथा जनान्दोलनका बेला हटाइएका १४ जना शिक्षकलाई पुनः नियुक्ति दिइएको हो ।

उहाँले भन्नुभयो, “प्रचलित कानुनबमोजिम सेवा गर्न उमेर बाँकी रहेका स्थायी शिक्षकलाई स्वीकृत दरबन्दीको रिक्त स्थानमा पुनर्बहाली गर्ने गरी जिल्लाका विभिन्न स्थानीय तहमा पठाइएको छ ।”

 

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १०:०७
प्रतिक्रिया दिनुहोस्