Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

ऋण लिएर विद्यालयमा इन्टरनेट जडान

२०७९ साउन १३
tribeni2

रुकुम पश्चिमको एक सामुदायीक विद्यालयले ऋण लिएर विद्यालयमा इन्टरनेट जडान गरेको छ । जिल्लाको सानीभेरी गाउँपालिका १० मा रहेको सरस्वती माध्यमिक विद्यालय चिन्तुले ऋण लिएर विद्यालयमा इन्टरनेट जडान गरेको जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक खड्कबहादुर खड्काले इन्टरनेट सेवा विद्यालयमा अत्यावश्यक भएकोले इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको ईन्टरनेट जोडिएको हो । विद्यालयमा त्यसका लागि आवश्यक बजेट नभएकोेले ऋण सापट गरेर वाइफाई जडान गरिएको हो ।

सुचना सञ्चार प्रविधिमा विद्यालय पछि परेपछि उक्त समस्या समाधानका लागि ऋण लिएर भएपनि ईन्टरनेट जोड्नुपरेको प्रधानाध्यपक खड्काले जानकारी दिनुभयो । यसअघि विद्यालयमा वर्ड लिङ्क कम्पनीले जोडेको वाइफाई सेवा बन्द भएपछि नयाँ इन्टरनेट सेवा जोडिएको हो । विद्यालयले स्थानीयबाट ऋण लिएर ५६ हजार १६१ रुपैया खर्च गरेर सुविसु कम्पनीको वाइफाई जडान हो ।

ईन्टरनेट जडानपछि अब पाठ्यक्रम, पाठ्यपुस्तक तथा शिक्षक निर्देशिकासँगै शिक्षणविधि प्रविधिमैत्रीपूर्ण बनाई नमुनायोग्य विद्यालय बनाउनतर्फ लागि पर्ने प्रधानाध्यापक खड्काले उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १२:०७
प्रतिक्रिया दिनुहोस्