Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा १० वटा मतदानस्थल थप गर्न सिफारिस

मतदान गर्नलाई बास बस्नुपर्ने बाध्यता हट्ने आशा
२०७९ साउन १३
tribeni2

रुकुमपूर्व / आसन्न संघ र प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै रुकुम पुर्वमा १० वटा मतदानस्थल थप गर्नको लागि सिफारिस गरिएको छ । बिहिबार बसेको जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले जिल्लामा १० वटा मतदानस्थल थप गर्नको लागि निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो ।

समितिका संयोजक एवम् रुकुम पुर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले अध्यक्षतामा बसेको समितिको बैठकले पुथा उत्तरगंगा गाउँपालिकाको चार स्थान, भूमे गाउँपालिकाको चार स्थान र सिस्ने गाउँपालिकाको दुई स्थानमा मतदानस्थल थप गर्नको लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीका अनुसार पुथा उत्तरगंगा गाउँपालिकाको वडा नम्वर २ स्थित हार्दिबाङ, ५ नम्वर स्थित काजरजङ, ७ नम्वरको जाङ र ११ नम्वरको दमचनमा मतदानस्थल थप गर्न सिफारिस गरिएको छ ।

जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिका सदस्य सचिव समेत रहनुभएका ओलीले भूमे गाउँपालिकाको वडा नम्वर ६ स्थित नाखे, ७ नम्वरको गुनाम, ८ नम्वरको कुचिबाङ र ९ नम्वर वडाको सिमचौरमा मतदानस्थल थप गर्न सिफारिस गरिएको बताउनुभयो । त्यसैगरी सिस्ने गाउँपालिकाको वडा नम्वर १ स्थित भट्टेचौर र ७ नम्वर वडा स्थित नाथिगारमा पनि मतदानस्थल थपको लागि सिफारिस गर्ने निर्णय भएको छ ।

जिल्लास्थित राजनीतिक दलका प्रमुख, निर्वाचन कार्यालय, स्थानिय तहका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरुको सम्मिलित बैठक बैठकले यस्तो निर्णय गरेको हो । यस अघि पुथा उत्तरगंगा गाउँपालिकाको बिभिन्न गाउँबाट मतदान स्थल आईपुग्न करिब ६ घण्टा हिडेर आउनुपर्ने बाध्यता रहेको छ । हार्दिबाङ, काजरजङ, जाङ, दमचन गाउँका मतदाता मतहाल्न आउँदा बास बस्नुपर्ने बाध्यता रहेको छ । भूमे र सिस्ने गाउँपालिकाका मतदानस्थलमा भने करिब ३ घण्टा पैदल हिडेर मतदान गर्न आउने गरेका छन् ।

जिल्लामा स्थानीय तह निर्वाचनको लागि ३५ वटा मतदानस्थल र ४९ वटा मतदान केन्द्र कायम गरिएको थियाे । निर्वाचन आयोगमा सिफारिस गरिएका १० मतदानस्थल स्विकृत भएमा रुकुम पूर्वमा ४५ वटा मतदानस्थल रहनेछन् । 

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १२:०७
प्रतिक्रिया दिनुहोस्