Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

हातखुट्टा काटिएका टिकारामको उपचारमा समस्या, सहयोगको लागि अपिल

२०७९ साउन १३
tribeni2

रुकुम पश्चिम / आर्थिक अभावका कारण रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ११ काँडा निवासी टिकाराम विकको उपचारमा समस्या परेको छ ।

करेन्ट लागेर घाईते भएका टिकारामको अहिले हात र खुट्टा काटिएको छ । नेपालगञ्जमा घाईते भएका टिकारामको अहिले काठमाडौमा उपचार भैरहेको छ ।

घरको आर्थिक अवस्था ज्यादै कमजोर भएपछि टिकारामको पूर्ण रुपमा उपचार गर्न नसकिने अवस्था रहेको छ । घाइते टिकाराम विकको हात र खुट्टा काटिएकोले उपचारमा सहयोग गरिदिन सबैसँग अनुरोध गरिएको सानीभेरी गाउँपालिका निवर्तमान कार्यपालिका सदस्य गोरख दमाइले जानकारी दिनुभएको छ ।

सहयोग गर्न चाहनेहरुले दिपक विकको नाममा माछापुच्छ्रे बैक लिमिटेडमा रहेको खाता नं. ३३३६५२४३२३८६५०१५ मा उपचार खर्च जम्मा गरिदिन परिवारजनले आग्रह गरेका छन् । मोवाइल नम्वर ९६४३४६५७१, ९८५२६८५१३२ र ९०६२५०२८२ मा पनि सम्पर्क गर्न सकिने छ ।

सानीभेरी गाउँपालिकाले पनि टिकारामको उपचारको लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १३:०७
प्रतिक्रिया दिनुहोस्