Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एसइई नतिजामा रुकुमका देपेन्द्र कर्णालीकै 'उत्कृष्ट'

tribeni2

रुकुम पश्चिम / २०७८ सालको एसइई परीक्षामा सहभागी रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ निवासी देपेन्द्र खड्काले कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याएका छन् ।

बुधबार राष्ट्रिय बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार जिल्लाको विजयश्वरी बोर्डिङ स्कुलमा अध्ययनरत खड्काले ३.९५ जीपीए ल्याएर कर्णाली टप गरेको स्कुलका प्रिन्सिपल जयबहादुर थापाले जानकारी दिनुभयो । प्रिन्सिपल थापाका अनुसार यहि बोर्डिङ स्कुलकै सात जना बिद्यार्थीले जिल्लाभरमा उत्कृष्ट नतिजा ल्याएका छन् ।

विद्यालयका देपेन्द्र खड्काले ३.९५ जीपीए, रोशन खड्काले ३.८० र सुजन ओली र सञ्जय रोकायले ३.७० जीपीए ल्याएका छन् । प्रिन्सिपल थापाले विपना खड्का, विश्वास सोनाम र शनि खड्काले ३.६० जीपीए ल्याएको बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका अनुसार २०७८ सालको इएइई परीक्षामा जिल्लाभरका चार हजार ९१९ जना विद्यार्थीहरु सहभागी भएका थिए । बुधबार सार्वजनिक भएको नतिजा अनुसार २१ जना विद्यार्थीले ३.६ भन्दा माथिको जीपीए हाँसिल गरेका छन् । २१ जना मध्यमा सामान्य तर्फका १२ जना र प्राविधिक धारका नौ जना विद्यार्थी हुन् ।

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १४:०७
प्रतिक्रिया दिनुहोस्