Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आज चितवनमा मातृभुमी कप हुँदै

चितवन ३० चैत ।
tribeni2

चितवनको भरतपुरमा निर्माण हुन लागेको ‘गौतम बुद्ध अन्तराष्ट्रिय रंगशालाको सहयोगका लागि आज च्यारीटी क्रिकेट प्रतियोगिता मातृभूमि कप हुँदैछ । प्रतियोगितामा कलाकारहरुको दुई टोली र राष्ट्रिय क्रिकेटरको दुई टोलीले प्रतिस्पर्धा गर्नेछन ।
धर्मुस सुन्तली फाउन्डेसनले बनाउने लागेको क्रिकेट मैदानको सहयोगका लागि हुन लागेको प्रतियोगिता विहान १० बजेबाट हुनेछ ।
गत शनिबार नै हुने भनिएको खेल बर्षाका कारण यो आजका लागि सारिएको हो । प्रतीयोगीतामा उठ्ने कुल रकमको १५ प्रतिशत बारामा हावाहुरीबाट ज्यान गुमाएको परिवारलाइ सहयोग गर्ने आयोजकले जनाएको छ ।
क्रिकेटर र कलाकारहरुलाई ‘ए’ र ‘बी टोलीमा विभाजन गरेर खेलाइने छ । क्रिकेटरको ‘ए’ टिमको नेतृत्व पारस खड्काले र ‘बी’ टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन् ।
यस्तै कलाकारको ‘ए’ टिमको नेतृत्व मदनकृष्ण श्रेष्ठले र ‘बी’ टिमको नेतृत्व हरिवंश आचार्यले गर्नेछन् । खेलका लागि टिकटदर १ हजार र तीन सय रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति: शनिबार, चैत ३०, २०७५  ०८:०४
प्रतिक्रिया दिनुहोस्