नेभिगेशन
गीत/संगीत

रुकुमकी सृजनाको ‘स्वामी राजा’ बजारमा

नेपालगञ्ज / मौलिक तीज गीत 'स्वामी राजा' सार्वजनिक भएको छ । रुकुम पश्चिम निवासी नवगायिका सृजना देवकोटा र जाजरकोटका गायक बिपिन खड्काको आवाज रहेको नयाँ तीज गीत बजारमा सार्वजनिक भएको हो।

हालै सार्वजनिक ‘स्वामी राजा’ बोलको तीज गीतमा सर्जक बिपिन खड्काको शब्द अनि संगीत रहेको छ। गीतको संगीत संयोजन आकाश मगरले गर्नुभएको हो । बजारमा आइरहेका तीज गीत भन्दा यो गीत अलि मौलिक रहेको छ । गीतको मेलोडी जस्तै सृजनाको गायिकी पनि उत्तिकै मौलिक सुनिएको छ।

‘उज्यालो रंगमञ्च’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको यस गितको उज्यालो मिसन मिडिया प्रालि नेपालगन्जले अडियो तथा भिडियो निर्माण गरेको हो। नेपालगन्जमै छायांकन गरिएको भिडियोमा कलाकार सन्ध्या थापाको आकर्षक नृत्य रहेको छ । बिपिन खड्काले निर्देशनमा निर्मित गितको कोरियोग्राफी प्रशंसा गौतमले गर्नुभएको छ ।

आकर्षक फ्रेममा निर्मल बुढाले खिचेको भिडियोलाई बिपिन स्वयंले सम्पादन गर्नुभएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप गीत/संगीत