'मलाई पल्काउने साली छ' मा आईन रुकुमकी अञ्जली

साली भेना बिचको ठ्ट्यौली शब्दहरु समाबेश भएको तीज गीत 'मलाई पल्काउने साली छ' बजारमा आएको छ ।

गोपाल नेपाल जी एम र शान्ति श्री परियारको स्वर रहेको यस तीज गीतमा रुकुम पश्चिमकी अञ्जली चन्द ठकुरीको मुख्य नृत्य रहेको छ । १३ बर्षको सानै उमेर देखि म्युजिक भिडियोमा उत्कृष्ट नृत्य गर्दै आएकी अञ्जलीले हालसम्म ५० बढी म्युजिक भिडियो खेलिसक्नुभएको छ ।

यस तीज गीतको भिडियोमा गोपाल नेपाल जिएम, अन्जली चन्द ठकुरी र रन्जु वलीले अभिनय गर्नुभएको छ । युवराज गुरुङले निर्देशन गरेको यस भिडियोलाई भुपेन्द्र थापा मगरले छायांकन र आर डि दुलालले ड्रोन अप्रेट गर्नुभएको छ भने राजकुमार मगरले सम्पादन गर्नुभएको छ ।

'मलाई पल्काउने साली छ' बोलको गीत गोपाल नेपाल जिएमको अफिसियल च्यानलबाट सार्बजनिक गरिएको छ । यस गीतकाे भिडियाे छायांकन काठमाडौंको फर्पिङमा गरिएको हो । 

भिडियाे : 

प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  १३:०७
प्रतिक्रिया दिनुहोस्