Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

स्वर्गद्वारीबाट फर्कदै गरेको जीप दुर्घटना, १ जनाको घटनास्थलमै मृत्यु, १५ जना घाइते

tribeni2

प्युठान / प्यूठानको स्वर्गद्वारी नगरपालिका–४ भ्यागुतेमा जीप दुर्घटना भएको । दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

स्वर्गद्वारी दर्शन गरेर फर्कँदै गरेका यात्रु बोकेको लु ३ च ३५३ नम्बरको जीप शनिबार मध्याह्न स्वर्गद्वारी नगरपालिका–४ मा दुर्घटना भएको हो । दुर्घटनामा परेर रुपन्देहीको मायादेवी गाउँपालिका–३ की गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भिङ्ग्रीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइतेमध्ये नौ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेलाई थप उपचारको लागि बुटवल पठाइएको छ ।

जीपमा १७ जना सवार रहेको बताईएको छ । जीप दुर्घटनाको कारण भने खुलिसकेको छैन ।

प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्