Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कोलमा सुरु भयो अध्यक्ष, उपाध्यक्ष स्वास्थ्य कार्यक्रम

tribeni2
  • हिक्मत प्रोतेल

रुकुम पूर्व / रुकुम पूर्वको पुथा उत्तरगगंगा गाउँपालिका १२ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोलमा अध्यक्ष, उपाध्यक्ष स्वास्थ्य कार्यक्रम सुरु भएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७९र०८०को नीति तथा कार्यक्रममा ल्याएको सहिद स्मृति अध्यक्ष, उपाध्यक्ष स्वास्थ्य कार्यक्रम अन्र्तगत कोलमा पनि उक्त कार्यक्रम सुरु भएको हो ।

प्राथमिक स्वास्थ्य केन्द्र कोलमा सुत्केरी भएकी स्थानीय मनकुमारी बुढाको निःशूल्क स्वास्थ्य विमा गराएर कोलमा कार्यक्रमको सुरु गरिएको गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाले जानकारी दिनुभयो ।

स्वास्थ्य सँस्थामा छोरी जन्माएकी मनकुमारी बुढाको निःशूल्क स्वास्थ्य विमा उपाध्यक्ष भुपेन्द्रा बुढा , स्वास्थ्य संयोजक समीर गिरी, लेखा शाखा प्रमुख नवराज खड्का र मेडिल अधिकृत मिलन मल्लको उपस्थितिमा बनाइएको हो ।

गाउँपालिकामा सहिद स्मृति अध्यक्ष, उपाध्यक्ष स्वास्थ्य कार्यक्रम अन्र्तगत अध्यक्ष स्वास्थ्य कार्यक्रममा घरैमा स्वास्थ्यकर्मी कार्यक्रम, निशुल्क स्वास्थ्य बीमा र टेलिमेडिसिन सेवा तथा एक क्लष्टर एक डाक्टर कार्यक्रमहरु रहेका छन ।

त्यसैगरी गाउँपालिका उपाध्यक्ष स्वास्थ्य कार्यक्रम अन्तर्गत गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम, निशुल्क एम्बुलेन्स सेवा, चेलीसँग उपाध्यक्ष कार्यक्रम र गर्भवती महिला तथा स्वास्थ्य सस्थामा जन्मेका छोरीहरुलाई निशुल्क बीमा कार्यक्रम रहेको पनि गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्