Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नाग पञ्चमीको दिन कर्णालीमा सार्वजनिक बिदा

tribeni2

सुर्खेत / आगामी साउन १७ गते मंगलबारका दिन कर्णाली प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ ।

साउन शुक्ल पञ्चमी अर्थात नाग पञ्चमीको अवसरमा कर्णाली प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो । 

कर्णाली प्रदेश सरकारले गत बर्षको चैत्र २९ गते नै नाग पञ्चमीको दिन बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उप सचिव निधि राज न्यौपानेले जानकारी दिनुभयो ।

मन्त्रालयले आज एक सार्वजनिक सूचना निकालेर १७ गते मंगलबार कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ सस्थाहरुमा सार्वजनिक बिदा दिईने निर्णय भएको जानकारी गराएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १७:०७
प्रतिक्रिया दिनुहोस्