Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अर्थमन्त्री शर्माद्वारा पदभार ग्रहण

tribeni2

काठमाडाै / नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले आज आइतवार बेलुकी अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएकाे छ। 

आज नै अर्थमन्त्रीमा नियुक्त हुनुभएका शर्माले शितल निवासमा पुगेर पद तथा गाेपनीयताकाे शपथ लिएलगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएकाे हाे । राष्ट्रपति भवनमा आयोजित समाराेहमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई शपथ ग्रहण गराउनुभएको हो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटासहित संवैधानिक अङ्गका प्रमुखकाे उपस्थिति थियो ।

बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि असारको २२ गते सभामुख अग्नि सापकोटाले ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गर्नुभएको थियो । समिति गठन भएसँगै २२ गते नै शर्माले राजीनामा दिनुभएको थियो ।

शर्मामाथि छानबिन गर्न बनेको संसदीय अध्ययन विशेष समितिले उहाँलाई दोषी ठहर गर्न सकेको थिएन । समितिमा रहेका नेकपा एमालेका चार जना सांसदले फरक मत पनि राखेका छन् । प्रष्ट सीसीटीभी फुटेज नदिएको, शर्मा र अनधिकृत व्यक्तिको कल डिटेल हेर्न नदिएको लगायतका विषयमा एमालेका सदस्यले फरक मत राखेका छन् । 

प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १९:०७
प्रतिक्रिया दिनुहोस्