Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जाजरकोटमा प्रधानध्यापक पक्राउ

tribeni2

जाजरकोट / जाजरकोटमा मदिरा सेवन गरी विद्यालय आएको आरोपमा प्रधानध्यापक पक्राउ परेका छन । जिल्लाको सदरमुकाम खलंगा स्थित त्रिभुवन माद्यामिक विद्यालयका प्रधानध्यापक भक्तबहादुर मल्ललाई पक्राउगरिएको हो ।

सोमबार विहान विद्यालयमा मदिरा सेवन गरी आएको गोप्य सूचनाका आधारमा मल्ललाई पक्राउ गरी जिल्ला अस्पताल जाजरकोटमा मेडिकल चेकजाँचका लागि लगिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी पुष्कर पन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार मल्ललाई ‘मदिरा सेवन गरी विद्यालय आएको आरोप लागेको छ, त्यसको चेकजाँचका लागि अस्पताल पठाईएको छ ।’

अस्पतालको रिपोर्टको आधारमा पक्रिया अघि बढाईने पनि पन्तले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्