Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

स्वागत नयाँ बर्षको

काठमाडौं ३० चैत ।
tribeni2

आज राती १२ बजेदेखी नयाँ वर्ष २०७६ सुरु हुँदैछ । नयाँ वर्षको पूर्वसन्ध्यामा आजराति विभिन्न स्थानमा शुभकामना आदानप्रदानका लागि न्यू इयर इव कार्यक्रमको आयोजना गरिएका छन् ।

यस्तै सामाजिक सञ्जालका भित्ताहरु पनि शुभकामनाले रंगिएका छन् । नयाँ वर्षमा मानिसले नयाँ योजना, नयाँ काम, नयाँ सोच र बिचारका माध्यमबाट जीवनयापनका नयाँ स्वादहरुको सपना बुन्ने गर्छन् ।

नयाँ वर्षको माध्यमबाट जीवन र जगतमा हरेक कुरा नयाँ अपेक्षा गर्छन् र त्यसका लागि नयाँ ताकतको कामना समेत गर्छन् । विक्रम सम्बत अनुसार हरेक नयाँ वर्ष वैशाख महिनाको १ गते सुरु हुन्छ । नयाँ बर्षको अवसरमा भोली देशैभर सार्वजनिक विदा दिईएको छ ।

प्रकाशित मिति: शनिबार, चैत ३०, २०७५  २१:०४
प्रतिक्रिया दिनुहोस्