Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

tribeni2

काठमाडौं / पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९०९ जनाको परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो । ३ हजार ६५८ पीसीआर परीक्षणमा ६३२ जना र २ हजार २२४ एन्टिजेन परीक्षणमा २६३ जनामा संक्रमण पुष्टि भएको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ९३४ रहेको छ । संक्रमितमध्ये काठमाडौंमा ३७३, ललितपुरमा ६६, कैलालीमा २२ जना छन् ।

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १६:०८
प्रतिक्रिया दिनुहोस्