Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नौ विद्यालयमा दिवा खाजाका सामाग्री वितरण

२०७९ साउन १६
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको सिस्ने गाउँपालिकाले नौ वटा विद्यालयलाई दिवा खाजाका लागि व्यवस्थापन सामाग्री वितरण गरेको छ । गाउँपालिकाको ३, ७ र ८ नम्बर वडाका नौ विद्यालयलाई खाजा व्यवस्थापन सामाग्री वितरण गरिएको शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख मंगलसिंह बुढाले जानकारी दिनुभयो ।

मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमबाट शिक्षा यूवा तथा खेलकुद शाखाले उक्त सामाग्री वितरण गरेको हो । संघीय सरकारले खाजाको लागि मात्र बजेट विनियोजन गर्दै आइरहेको छ । प्रतिविद्यार्थी १५ रुपैयाका दरले खाजाका लागि संघ सरकारले पैसा पठाउने गरेको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो । त्यसले विद्यालयलाई व्यवस्थापन सामाग्री जुटाउन अप्ठ्यारो हुदैँ आएको थियो ।

दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी बनाउन मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमबाट व्यवस्थापनका सामाग्री हस्तान्तरण गरेको अध्यक्ष रेग्मिले बताउनुभयो । गाउँपालिका भित्रका माध्यामिक र आधारभूत गरि नौ विद्यालयलाई व्यवस्थापन सामाग्री वितरण गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेका अनुसार व्यवस्थापन सामाग्री अन्तर्गत भट्टि चुलो, सिलिन्डर, डाडु, पनियो, कराई र डेक्ची वितरण गरिएको छ । सौजन्य आधारभूत विद्यालय पाङगा, आधारभूत विद्यालय भुरुङगा, आधारुभूत विद्यालय स्यालापाखा र आधारभूत विद्यालय नाथिगाडलाई सामाग्री वितरण गरिएको छ । यस्तै आधारभूत विद्यालय झिम्खोला, आधारभूत विद्यालय सान्चौर, जनसहयोग आधारभूत विद्यालय चिसापानी, जनता मा।वि पोखरा र मा।वि लम्पाकोटलाई पनि व्यवस्थापन सामाग्री वितरण गरिएको छ ।

पालिका अध्यक्ष रेग्मी र उपाध्यक्ष रेउलेले खाजाका लागि व्यवस्थापन सामाग्री सम्बन्धित विद्यालयका शिक्षकलाई आज हस्तान्तरण गर्नुभएको हो ।

 

प्रतिक्रिया दिनुहोस्