Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णालीमा अझै ३८ प्रतिशत जनसङ्ख्या निरक्षर

tribeni2

सुर्खेत / कर्णाली प्रदेशमा कुल जनसङ्ख्याको ६२ प्रतिशत मात्रै साक्षर छन् भने ३८ प्रतिशत जनसङ्ख्या अझै निरक्षर रहेका छन । नेपाल सरकारले आर्थिक वर्ष २०६५/०६६ मा दुई वर्षभित्र देशबाट निरक्षरता उन्मूलन गर्ने योजनासहित अभियान सुरु गरेको भए पनि कर्णालीमा अझै करिव चार लाख बढी जनसङ्ख्या साधारण लेखपढ गर्नसमेत जाँदैनन् ।

कर्णालीका कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा पूर्ण साक्षर हुुन बाँकी छन् । प्रदेशका १० जिल्लाका ७९ स्थानीय तहमध्ये ३० भन्दा बढी साक्षर घोषणा हुनसकेका छैनन् । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत व्यक्ति साक्षर भएमा पूर्णसाक्षर जिल्ला घोषणा गर्ने गरिएको छ ।

सङ्घीयतापछि कर्णाली सरकारले पनि प्रदेशलाई साक्षर बनाउने योजना ल्याएको थियो । कर्णाली सरकारले आर्थिक वर्ष २०७५/०७६ देखि विभिन्न कार्यक्रम सुरु गरेको थियो । अहिले सङ्घीय र प्रदेश सरकारले साक्षरता अभियानका लागि स्थानीय तहलाई जिम्मा लगाएका छन् ।

कर्णाली प्रदेश योजना आयोगले आर्थिक वर्ष २०८०/८१ सम्म प्रदेशको साक्षरता दर ९५ प्रतिशत पु(याउने लक्ष्य लिएको छ । तर निर्धारित लक्ष्यमा पुग्न भने मुस्किल देखिएको छ ।

निर्धारित लक्ष्यको समय नजिकिँदै गर्दा निरक्षरता उन्मूलनका लागि प्रदेश सरकारले कुनै कार्यक्रम सञ्चालन नगर्दा मुस्किल देखिएको सामाजिक विकास मन्त्रालयका शिक्षा शाखा प्रमुुख बलवीर सुनारले बताउनुभयो । 

चालू आर्थिक वर्षमा साक्षरता अभियानका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले दुई लाख बजेट विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०७५/७६ भने कर्णाली प्रदेश सरकारले यस अभियानमा खर्च गर्न दुई करोड बजेट विनियोजन गरेको थियो । प्रदेश सरकारले उतिबेला सुरु गरेका थुप्रै कार्यक्रम अहिले सञ्चालनमा छैनन् ।

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्