Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जिल्ला खेलकुद विकास समिति रुकुम पूर्वको अध्यक्षमा नामेन्द्र

२०७९ साउन १७
tribeni2

रुकुम पूर्व / जिल्ला खेलकुद विकास समिति रुकुम पूर्वको अध्यक्षमा नामेन्द्र सुनार नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश खेलकुद परिषद्ले सुनारलाई जिल्ला खेलकुद विकास समिति रुकुमपूर्वको अध्यक्षमा नियुक्त गरेको हो ।

यस्तै समितिको उपाध्यक्षमा गोर्खलाल खड्का र कोषाध्यक्षमा राजकुमार बुढा नियुक्त हुनु भएको छ ।

यस्तै समिर शाह, माधव केसी, शेर बहादुर सुनार, चन्द्र बहादुर वि।सी, निर्मला बुढा र रविना घर्तीलाई सदस्यमा नियुक्त गरिएको छ । लुम्बिनी प्रदेश सरकारले यसअघि प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा जय प्रकाश भट्टरालाई नियुक्त गरेको थियो ।

लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेश खेलकुद विकास परिषदलाई पूर्णता दिँदै प्रदेश भित्रका १२ जिल्लाको समिति गठन गरेको हो ।
प्रदेश खेलकुद विकास ऐन २०७६ को दफा १३ को उपदफा ९१० तथा प्रदेश खेलकुद नियमावली २०७८ को नियम १० को ९१० मा भएको व्यवस्था बमोजिम सुनारलाई अध्यक्षमा नियुक्त गरेको प्रदेश खेलकुद परिषद लुम्बिनीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  १६:०८
प्रतिक्रिया दिनुहोस्