Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा रक्तश्रावका कारण सुत्केरी महिलाको मृत्यु

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा अत्याधिक रक्तश्रावका कारण एक महिलाको मृत्यु भएको छ । जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ६ की २० बर्षिया शुसिला बिसीको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको हो ।

दुई दिन अघि सुत्केरी बेथा लागेकी बिसीले सोमबार छोरीलाई जन्म दिएपनि रक्तश्राव रोकिएको थिएन । अत्याधिक रक्तश्राव भएको भएपनि तर परिवारका सदस्यले उनलाई अस्पताल पुय्राउन नसकेपछि शुसिलाले अकालमै ज्यान गुमाउनु परेको स्थानीय डिल्ली शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार शुसिलाका श्रीमान दोस्रो विहे गरेर भारत गएका छन । 

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्