Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जहारीखोलामा अटो दुर्घटना हुँदा चालक सहित ७ जना घाइते

४ जना गम्भिर घाइते
२०७९ साउन १७
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा अटो दुर्घटना हुँदा चालक सहित ७ जना घाइते भएका छन् । जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर १ चाइनाबगरबाट चौरजहारी नगरपालिका तर्फ जादैँ गरेको भे १ ह ६०३९ नम्बरको अटो जहारीखोलामा दुर्घटना हुँदा चालक सहित ७ जना घाइते भएका हुन् ।

घाइते हुनेमा चालक सानीभेरी १ का २६ बर्षिय पुर्ण बहादुर पुन, सोही वडाका २० बर्षिय सुन्दर पुन, २३ बर्षिय शनि पुन, २५ बर्षिय निसा राना पुन र ५० बर्षिय इन्द्रकली पुन रहेका छन् । त्यस्तै चौरजहारी नगरपालिका वडा नम्बर ८ गोइरीकी ६३ बर्षिया मन्सरी घर्ती, २३ बर्षिया प्रसान्ती घर्ती, प्रसान्तीका छोरा ४ वर्षिय उपेन्द्र घर्ती रहेका छन् ।

घाइते मध्ये सबैभन्दा बढि प्रसान्तीका छोरा उपेन्द्र घर्ती चोट लागेको छ भने सामान्य उपचार पछि निसालाई डिस्चार्ज गरिएको छ ।

गम्भिर घाइते भएका मन्सरी घर्ती, प्रसान्ती घर्ती, उपेन्द्र घर्ती र इन्द्रकली पुनलाई थप उपचारको लागि नेपालगञ्ज पठाइएको छ । अन्य तीन जनाको चौरजहारी अस्पतालमा उपचार भैरहेको छ । घाइते सबैको टाउकोमा चोट लागेको इलाका प्रहरी कार्यालय चौरजहारीले जनाएको छ ।

प्रहरीका अनुसार अटोमा क्षमताभन्दा बढी मान्छे राखेका कारण र ओरालो बाटोमा ब्रेक फेल भएर अटो दुर्घटना भएको हो ।

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्