Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

तकसेराको पाहुना घरमा 'लोकल रक्सी र ढिडो'को आकर्षण

२०७९ साउन १८
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका १० तकमा हालै सञ्चालनमा आएको पाहुना घरमा पाईने 'लोकल रक्सी र ढिडो'को बिशेष आकर्षण रहेको छ ।

पर्याप्त भौतिक संरचना र आवश्यक होटेल समेतको अभाव रहेको गाउँपालिकाको केन्द्र तकमा पाहुना घर अतिथीहरुको लागि उपयुक्त थलो बनेको छ । न्यानो आथित्यता र आर्ग्यानिक परिकारको बिशेष पहिचान बनाउने गरेर सञ्चालनमा आएको पाहुना घरमा हरेक दिन अतिथिहरुको आगमन हुने सञ्चालिका रामलिला बुढाले जानकारी दिनुभयो । ‘पाहुनाहरुलाई स्थानीय परिकार र आर्ग्यानिक भोजनको व्यवस्था हुन्छ,’ सञ्चालिका बुढाले भन्नुभयो, ‘लोकल रक्सी र ढिडो भने बढी मात्रामा माग हुने गरेको छ ।’

पाहुना घरमा कोदो, मकै र फापरको ढिडो, मासुको बिभिन्न परिकारहरु व्यवस्था हुने गरेको छ । लोकल कुखुरा, बंगुर लगायतको मासुको व्यवस्था हुन गरेको छ । पाहुना घरमा अर्डर अनुसारको अन्य खाना, खाजा र बास बस्न सुविधा रहेको बुढाले जनाउनुभयो ।

पाहुनाहरुको आवासको लागि सात वटा कोठा व्यवस्था गरिएको छ । चार वटा एट्याज बाथरुम सहितका कोठा रहेका छन् भने अन्य तीन वटा सामान्य रहेका छन् । एट्याज बाथरुमको एक दिनको भाडा पाँच सय मात्रा लिने गरेको र अन्य कोठाको भाडा नलाग्ने बुढाले बताउनुभयो । पाहुना घरमा ईन्टरनेट, बत्ति र पानीको समेत राम्रो सुविधा रहेको छ ।

पयर्टनको राम्रो सम्भावना रहेको पुथा उत्तरगंगाका बिभिन्न क्षेत्रमा जानको लागि गाउँपालिका केन्द्रमा आउने पर्यटकहरु, गाउँपालिका तथा अन्य निकायसँगको कार्यका लागि आउने अतिथिहरुको लागि पाहुना घर प्रभावकारी रहेको पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष भुपेन्द्रा बुढाले बताउनुभयो । उपाध्यक्ष बुढाले पाहुना घर सञ्चालन भएपछि गाउँपालिकाले मासिक १५ हजार रकम राजश्व संकलन गर्ने निर्णय गरेको बताउनुभयो ।

डिभिजन वन कार्यालय रुकुम पूर्वको आर्थिक सहयोगमा गत आर्थिक वर्ष ०७८/०७९ मा पाहुना घरको भवन निर्माण गरिएको थियो । सरकारको लगानी र समन्वयमा सञ्चालन भएको पाहुना घर यस क्षेत्रकै नमूना व्यवस्थापन रहेको गाउँपालिकाले जनाएको छ । तकसेरा क्षेत्र पर्यटकिय गन्तव्य विकास तथा संरक्षण उपभोक्ता समितिले उक्त पाहुना घर सञ्चालन गरिरहेको छ । 

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १५:०८
प्रतिक्रिया दिनुहोस्