Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

झुल्नेटाका सात विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द

२०७९ साउन १८
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको एक विद्यालय एक साताको लागि बन्द गरिएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका ३ झुल्नेटामा रहेको श्री युवा जनजागरण माध्यमिक विद्यालय बन्द गरिएको हो । विद्यालयमा अध्ययनरत केहि विद्यार्थीहरुमा कोराना पोजेटिभ देखिएपछि दश दिनकाे लागि पठनपाठन बन्द गरिएको शिक्षक गणेश ओलीले जानकारी दिनुभयो ।

आज बुधबार विद्यालयका २० जना बिद्यार्थीमा कोरोना परिक्षण गरिएको थियो । २० जनामा कोरोना भाईरस परिक्षण गर्दा ७ जनामा कोरोना देखिएको हो ।

दिनहुँजसो विद्यालयमा बिरामी हुने विद्यार्थीहरुको संख्या बढ्नथालेपछि विद्यालयमै विद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको थियो । दैनिक ५, ६ जना विद्यार्थीहरु बेहोस हुने, काँप्ने र ढल्ने जस्ता समस्या आएकोले त्रिवेणी गाउँपालिका अस्पताल खारानेटाका ल्याब टेक्निसियन भरत बि. सि. सहितको स्वास्थ्य टोली बोलाएर जाँच गरिएको विद्यालयका प्रधानाध्यापक कृष्णा खड्का ओलीले जानकारी दिनुभयो । विद्यालयमा करिब ७०० जना विद्यार्थी अध्ययनरत छन् ।

परिक्षण गरिएका मध्य ३५ प्रतिशत विद्यार्थीमा कोरोना पोजेटिभ आएको हो । विद्यार्थीहरुमा कोरोनाको संक्रमणदर बढ्न सक्ने भएकोले दश दिनकाे लागि स्कुल बिदा गरिएको प्रधानाध्यपक खड्काले बताउनुभयो । विद्यालयको प्रशासनिक कामकाज भने सुचारु हुने उहाँको भनाई छ ।

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १६:०८
प्रतिक्रिया दिनुहोस्