Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
नयाँ बर्ष

आज नयाँ बर्ष २०७६, शुभकामना सबैमा

काठमाडौँ १ बैशाख ।
tribeni2

आज नयाँ बर्ष, २०७६ सालको पहिलो दिन । एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।

विक्रम सम्बतअनुसार हरेक वैशाख महिनाको १ गते सबै नेपालीले नयाँ वर्षको अवसरमा आफन्तजनसँगको भेटघाट, सामूहिक जमघट गरी नाचगान, खानपिन गरी रमाइलो रमाइलो गर्ने गरि मनाउछन् ।

नेपालको सम्बत प्रणाली सूर्य पात्रोसँग सम्बन्धित रहेको छ । विक्रम सम्वत अङ्ग्रेजी सम्वत अर्थात एडी भन्दा ५६ दशमलव ७ वर्षले अगाडी छ । विक्रम सम्वत भारत उज्जैनका राजा विक्रमादित्यले चलनमा ल्याएका हुन् । विक्रमादित्यले चलनमा ल्याएकोले यो सम्बतलाई विक्रम सम्वत भनिएको हो ।

नयाँ बर्षको अवसरमा हामी हाम्रा समस्त पाठकवर्ग, शुभचिन्तकहरुमा शुभकामना ब्यक्त गर्दछौँ ।

 

प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६  ०७:०४
प्रतिक्रिया दिनुहोस्