Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दुर्घटनाबाट जोगियो श्री एयरलाइन्सको जहाज, नेपालगञ्जमा आपतकालीन अवतरण

tribeni2

नेपालगञ्ज / बिहिबार बिहान नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन - एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरेको छ ।

जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काएर आपतकालीन अवतरण गराइएको बताईएको छ। नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार जहाज अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो ।

जहाज सुरक्षित अवतरण भएको छ । जहाजमा चालक दलका सदस्यसहित ७९ जना यात्रारत थिए ।

जहाजमा रहेका रुकुम पश्चिमका यात्रु शिव खड्काले भाग्यवश दुर्घटनाबाट जोगिएको बताउनुभयो । नेपालका बिना चेकजाँच जबर्जस्त उडाउने यस्ता विमानको उचिग विस्थापनमा सरकारले ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्