Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नेकपा बिशेष कमिटी सदस्य खत्रीको सल्यानमा शव भेटियो

tribeni2

सल्यान / सल्यानमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका ४ झिम्टेका अन्दाजी ५३/५४ वर्षिय लोकमान खत्रीको शव बिहिवार बिहान भेटिएको हो ।

बुधबार बेलुका ८ बजे स्थानीय मोख्ला बजारबाट आफन्तलाई भेट्नु छ भनेर गएका खत्री छत्रेश्वरी १० को शिवगुफा सामुदायिक वनभित्रको गोरेटो बाटोबाट मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

खत्रीको शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । प्रहरीका अनुसार खत्रीको शव गोरेटो बाटोबाट करिव १५० मिटर तल खसेको अवस्थामा भेटिएको छ ।

खत्री विप्लव नेतृत्वको नेकपाका बिशेष कमिटि सदस्य हुनुहुन्छ । उहाँ जिल्लामा लोकप्रिय नेताको रुपमा चिनिनुहुन्थ्यो ।

घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सन्तोष खनालको नेतृत्वमा प्रहरी टोली पठाईएको र अनुसन्धान सुरु गरिएको बताईएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्