Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बुद्धिजीवीहरुको बुद्धिमा बिर्को नलागोस्

tribeni2
  • हरिपवन पहर खड्का

हिजोआज अर्थमन्त्री जनार्दन शर्मा र उहाँले ल्याएको बजेट बारेमा चौतर्फि बहस हुने गरेको छ । एक प्रशंसामा उत्रिएको पक्ष छ भने एउटा पक्ष खरो बिरोधमा ।
यो बजेटले देशलाई घाटा गर्छ कि नाफा भनेर कुर्लिनेहरुले कार्यान्वयन कसरी हुन्छ भन्ने कुरा बुझ्न पर्छ । दिनदिनै केहि मिडियाहरु समेत जनार्दन बिरुद्ध फतफताईहेका छन् । तर, यो बजेट कार्यान्वयको पक्ष र उपलब्धिको सारलाई मनन् गरेको पाईदैन ।

मजदुर, किसान वर्गले हाम्रै पक्षमा छ भन्दै स्याबासी दिईरहेको बेला दलालीवर्ग र नोकरशाही चरित्रलाई बजेटले घोच्ने नै भयो । घुसखोरीहरुको लागी यो बजेट घाटा छ होला, आम किसानीवर्गको हितमा छ, उनीहरुको अधिकारको पक्षमा छ । नेपालमा निर्यातमुखि औधोगिकरणको अभाव छ, किसानहरुको उत्पादनले मुनाफा पाउन सकिरहेको छैन ।

कृषि औजारहरु सजिलै पाईन्न, विदेशकै भरमा छ । खेती किसान गर्ने वर्गले सस्तो तथा सहुलियतमा वस्तु, साधनस्रोत पाउने मौका यस पटकले बजेटले दिएको छ । कृषि प्रधान देशका किसानले आफ्नो पक्षमा बजेट आएको स्विकार गर्नु समग्र नेपाली जनताको हितमा छ भन्ने सन्देश प्रष्ट छ ।

श्रमजीवी र किसानी वर्गलाई लुटेर मोटाएहरुको हुटहुटिको तमासा मात्र हो केहि मिडियामा बजेटको कुप्रचार । सत्यको पक्षमा प्रचार गर्ने कमै मात्र देखिएका छन् । बुद्धिजिवीहरु समेत मौन बसेर बुद्धिमा बिर्को लगाएको देखिन्छ । उत्पादनमुखि अर्थतन्त्रमार्फत देशलाई आत्मनिर्भरताको बाटोमा लैजान बजेट ल्याईएको छ । यसको कार्यान्वयनपक्ष भने पारदर्शि र जनमैत्री हुन जरुरी छ । देशलाई परनिर्भर बनाएर चौपट बनाउने दलाली प्रथाले किसान र मजदुरमैत्री बजेटको बिरोध गरिरहेको कुरा हामी सवैले बुझ्न आवश्यक छ ।

देश जब आत्मनिर्भर हुन्छ, तव न जनता सुखी हुने हो । खन्न, जोत्न, गोडमेल गर्न, रोपाई रोप्न हिच्किचाउनेहरुले श्रमको सम्मान गरेको देखिदैन । त्यसैले बैज्ञानिक युगको अपनत्व, प्रविधिमैत्री तथा यान्त्रिकरणपूर्ण कृषि उत्पादन र स्वरोजगारमुखि योजना सहितको यो बजेटको बिरोध गर्नुमा कुनै तुक छैन । देशलाई आत्मनिर्भरताको बाटोमा लैजान यस पटकको बजेट फलिफापसिद्ध हुनेछ भन्ने विश्वास आम सर्वसाधारणलाई छ । नेपाली जनतालाई साधनस्रोत सम्पन्न बनाउन यस पटकको बजेट कार्यान्वयन गरौ ।

सबैको बुझाई र व्यवहार एउटै र उस्तै पनि हुदैन । तर जनताप्रतिको उत्तरदायीत्वबाट पछि हट्न भने कोहि पनि मिल्दैन । जनमैत्री कार्यशैली, स्रोत र साधनको सहि प्रयोग कसले गरिहरेको छ, प्रभावकारी योजनाको कार्यान्वयनमा को लागिरहेको छ, त्यसको सहि मुल्यांकन गर्नुपर्दछ । उत्पादनको प्र्रचुर सम्भावना बोकेको, उर्जाशिल जनशक्ति बोकेको, प्राृकतिक रुपले भरिपूर्ण देशको अवस्था आँकलन गरेर यस आर्थिक बर्षको बजेट आएको छ । अनावशयक शंका, आशंका र अपवाह फैलाएर बजेटको बिरोध गर्नुको साटो सगौरव प्रशंसा गर्न सकौ । यसैमा हित छ ।

 

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्