Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जंगली च्याउ खाँदा सल्यानमा एक जनाको मृत्यु, तीन जनाकाे उपचार हुँदै

tribeni2

सल्यान / जंगली च्याउ खाँदा सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका ४ साईलाकम्द निवासी दिर्घ बस्नेतको चार बर्षिया छोरी जोशना बस्नेतको मृत्यु भएको हो । उनको उपचारको क्रममा प्रादेशिक अस्पताल कालागाउँ सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

शुक्रबार बेलुका जंगलबाट ल्याएको च्याउ खाँदा दिर्घ बस्नेतको घरका चाजना (श्रीमती र छोराछोरी) बिरामी भएका हुन् । बिरामी पर्नेहरुमा बस्नेतको ४० बर्षिया श्रीमती मीना, २५ बर्षिया छोरी पवित्रा र ९ बर्षिय छोरा जोन बस्नेत रहेको प्रहरी जनाएको छ । सुरुमा घरका चारै जना बिरामी भएपछि शनिबार बिहान उपचारको लागि जिल्ला अस्पताल सल्यानमा ल्याईएको थियो ।

बिरामीको असस्था जटिल भएपछि जोशना र जोनलाई थप उपचारको लागि सुर्खेत रिफर गरिएको थियो । जोनशनाको उपचारको क्रममा मृत्यु भएको हो भने स्वास्थ्य अवस्थामा सुधार भैरहेको बताईएको छ ।

बिरामी अवस्थामा रहेकी आमाछोरी मीना र पवित्रालाई पनि थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको सल्यान प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  १४:०८
प्रतिक्रिया दिनुहोस्