Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूमेमा कृषि औजार, लसुन र रैथाने बालीको बीउको माग संकलन

२०७९ साउन २१
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको भूमे गाउँपालिकाले किसानहरुबाट कृषि औजारसँगै लसुन र रैथाने बालीको बीउको माग संकलन गरिरहेको छ । किसानको माग र आवश्यकता अनुसारको बीउ खरिद गरेर वितरण गर्ने उद्धेश्यले अहिले गाउँपालिकाले किसानहरुबाट माग संकलन गरिरहेको छ ।

अहिले गाउँपालिकाले किसानहरुबाट कृषि औजार, साना सिंचाइ आयोजना, मध्यम प्रविधियुक्त फलफुल तथा तरकारी नर्सरी कार्यक्रमको माग संकलन गरिरहेको भूमे गाउँपालिका कृषि शाखाका नाप्रास शिखर विश्वकर्माले जानकारी दिनुभयो ।

उहाँकाअनुसार रैथाले बालीको पनि माग संकलन भइरहेको छ । रैथाले बालीभित्र कोदो, फापर, तोरीको माग संकलन भइरहेको छ । किसानबाट आएको मागको आधारमा बीउ खरिद गरेर ५० प्रतिशत अनुदानमा वितरण गरिने उहाँले बताउनुभएको छ । साना सिंचाई आयेजनामा भने शत प्रतिशत अनुदान दिइने छ । यस्तै मध्यम प्रविधियुक्त फलफुल तथा तरकारी नर्सरी कार्यक्रममा ७५ प्रतिशत अनुदान दिइने छ ।

लोपोन्मुख बालीलाई संरक्षण गर्ने उद्धेश्यले गाउँपालिकाले वर्षेनि रैथाने बालीमा किसानलाई अनुदान दिदै आएको छ । सोहि अनुसार यस आर्थिक वर्षको पहिलो चौमासिकको लागि साउन दोस्रो सातादेखि माग संकलन भइरहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  १९:०८
प्रतिक्रिया दिनुहोस्